९ कार्तिक,

सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको हो ।

आज सबैजसो उप–सूचकहरु बढेर बजार नै हरियाली बनेको छ ।  सबैभन्दा बढी होटल तथा पर्यटन समूहका लगानीकर्ताहरूले कमाएका छन् । यस दिन यस समूहको सूचक अधिकतम ७.५१ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी फाइनान्स समूहको ५.६१, लगानी समूहको ४.५, हाइड्रोपावर समूहको ४.३३ प्रतिशतले बढेको छ भने विकास बैंक र जीवन बीमा समूहको क्रमशः ३.७७ र ३.३४ प्रतिशतले वृद्धि भएको छ ।

अधिकतम ७८.८२ अंकले बढेको बजारमा आज कुल ६ अर्ब ३१ करोड ८३ लाखको कारोबार भएको छ । गत सोमबार ८७ अंकले बढेको बजारमा ४ अर्ब ३० करोड ८८ लाखको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख