९ कार्तिक,

बाँके । भारतबाट अवैधरुपमा ल्याएको लागुऔषधसहित बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, काभ्रेपलानचोक जिल्लाको महादेवस्थान गा.बि.स वडा नं. ३ को ३४ वर्षिय मान बहादुर रोकालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं.१५ जमुनाहास्थित ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा मान बहादुर रोकालाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १५ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका रोका माथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख