
९ कार्तिक,
सुरज चौधरी / बाँके । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा सञ्चालित प्राथमिक शिक्षा वर्ग हिरमिनिया बाँकेमा सोमबार समापन भएको छ ।
डुडुवा गाउँपालिका वडा नं.६ स्थित भंगोटना सरस्वती मा.वि. मा सात दिन आवासिय प्राथमिक शिक्षा वर्ग हिन्दु स्वयंसेवक संघले सञ्चालन गरेको थियो ।

संघद्वारा आयोजित समापन सामारोहका प्रमुख वक्ता विश्व हिन्दु परिषद नेपालका राष्ट्रिय संगठन सचिव प्रल्हाद रेग्मीले भन्नुहुन्छ “आफ्नो गौरवशाली र गौरवपूर्ण इतिहासको बारेमा अध्ययन र विशलेषण गरी बर्तमानमा खडा हुने व्यक्ति निमार्ण गर्ने प्राथमिक शिक्षा वर्गकोे यो सानो प्रयास हो” । हामी सबै एक जुट भएर हिन्दु धर्म, सस्कार र संस्कृति संरक्षणमा जोड दिनु पर्ने बताए । विश्वको एक मात्र हिन्दू धर्म हो जुन कसैलाइै क्षति पु¥याउदैन ।

केही दिन आगडि बाङ्गलादेश र पकिस्तानमा हिन्दु र हिन्दुहरुको आस्थामाथि जुन प्रकारले प्रहार भएको थियो त्यसमाथि दुख प्रकाट गर्दै यस्तो घटना पुन हुन नदिनको लागि हामी आहिले देखी नै पुर्व तयारी गर्नु पर्ने बताए ।

विश्वकै पहिलो हिन्दु धर्म, संस्कृति, भेषभुषामा पश्चिमी मुलुकका नागरिकहरु रमाइरहेका छन तर बिडम्बना हाम्रो देशका नागरिकहरु बिदेशी डलरमा आफ्नो धर्म बेच्ने काम गरिरहेका छन । म हिन्दु हु भन्न समेत नसक्ने अवस्था छ ।
उनले यस वर्गले हिन्दुत्वको लागि काम गर्ने उर्जा प्रदान गरेको बताउँदै हामी सबै २४ घण्टामा १ घण्टा देश, धर्म, संस्कृतिको लागि समय दिन आग्रह गरे ।
त्यसै कार्याक्रममा डुडुवा गाउँपालिकाको सदस्य श्रीमाती लिलावती यादवले हाम्रो देशमा दिन प्रति दिन चेली बलात्कृत र महिलामाथि शोसन हुनुको कारण नै मान्छेमा संस्कार नभएर हो । उनले भन्छन यस संघले जुन प्रकारको संस्कार दिने काम गरिरेहेको छ अब छिट्टै नै हाम्रा चेलिबेटी, दिदिबाहिनी, महिलाहरु आफुलाई सुरक्षित महासुस गर्ने छन । अन्तिममा आफुलाइ यस कार्यक्रममा सहभागि गराएको धन्यवाद व्यक्त गर्दै फेरी यस्ता कार्यक्रमहरु अझ धेरै संख्यामा गर्नु पर्ने सुझाव दिए ।

एक साता आवासिय सञ्चालित प्राथमिक शिक्षा वर्गको वर्ग अधिकारी गरुदिन यादव, वर्ग कार्यवाह अशोक मौर्य, अतिथि मोहन मित्र, डुडुवा गाउँपालिका की सदस्या लिलावती यादव, हिन्दू स्वयंसेवक संघका बाँके जिल्ला संघचालक खड्ग बहादुर बोहरा, विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय संगठन सचिव प्रल्हाद रेग्मी, उक्त कार्यक्रममा सहाभगि भएका शिक्षार्थी र स्थानिय बुद्धिजिवि बसिन्दाहरुको उपस्थितिमा कार्यक्रमा सम्पन्न भएको थियो ।

संघको पुर्ण गणवेशमा सहभागि शिक्षार्थीहरुले सात दिन वर्गमा आफुले सिकेका योग, व्याम, आसान, सुर्यनमस्कार नियुद्ध लगाएतका समापन सामारोहमा प्रर्दाशन गरेका थिए ।









