
८ कार्तिक,
कैलाली । बन मुद्धामा फरार रहेका एक जनालाई मसुरीया ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, जिल्ला कैलाली गौरीगंगा नगरपालीका वडा नं.०५ अण्डैया बस्ने अन्दाजी ३० वर्षिय नारायण साउदलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, सम्मानित कैलाली जिल्ला अदालतबाट बन मुद्धामा साउदमाथि रु. १,०१,३४६।– जरिवाना तोकिएको थियो ।
उक्त जरिवाना तोकिएपछि फरार रहेका साउदलाई पक्राउ गरी कैलाली जिल्ला अदालत धनगढीमा बुझाइएको प्रहरीले जनाएको छ ।





