७ कार्तिक,

सुर्खेत । सुर्खेतबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बसमा आगलागी भएको छ ।

धादिङ जिल्लाको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं.१ गजुरीबजारमा सुर्खेतबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख १४७१ नम्बरको यात्रुबाहक बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

बस जलेर पुर्ण रुपमा नष्ट भए संगै केही यात्रुहरुको सामान समेत जलेर नष्ट भएको छ ।

बसमा सवार ३६ यात्रुहरु पुर्णरुपमा सकुशल रहेका छन । बसभित्र धँुवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

बसमा आगो लाग्नुको कारण भने खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धन अनुसार बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

राजमार्ग क्षेत्रमा रहेको प्रहरी,दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख