
५ कार्तिक,
बाँके । प्राज्ञिक विद्यार्थी परिषद नेपालले ३ दिन आवासीय कर्णाली प्रदेश अभ्यास वर्ग संचालन गरेको छ ।
तीन दिन आवासीय वर्ग बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नंंं. 8 स्थित साइनिङ स्टार सेकेन्डरी बोर्डिङ्ग स्कुलमा प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा सञ्चालनमा आएको हो ।

यस वर्गमा सहभागी भएका छात्रा, छात्रहरुलाई राष्ट्रप्रेमी, चरित्रवन,नितिवन,बौद्धिकताको बिकास, अनुशासन, निडरसिप, बनाउने जस्ता लगाएत क्षमताको विकास गराउने उद्देशयले यो वर्ग सञ्चालन गरिएको प्राज्ञिक विद्यार्थी परिषदका महासचिव छितराज न्यौपनेले बताउनु भयो ।

सोही कार्याक्रममा बौल्दै उनले भने “राष्ट्रलाइ परमवैभव सम्म पुरयाउन र राष्ट्रको सर्वाङ्गीण विकासको लागि व्यक्तिलाई असल, इमान्दर, नितिवन, चरित्रवन बनाउन आवशयक छ । त्यसै उद्देशयलाई लिएर प्राज्ञिक विद्यार्थी परिषदले कक्षा ११ देखी माथि पढ्ने विद्यार्थी त्यसै तहमा पढाउने शिक्षक र पाठ्यक्रममा अन्र्तगतका शिक्षाविदको समुह बनाएर राष्ट्रको आवश्यकता अनुसारको व्यक्ति बनाउने विद्यार्थी परिषदले काम गर्दछ” ।

साथ साथै विद्यार्थी परिषदको बारेमा चर्चा गर्दै नेपाल आमा हाम्री आमा हुन, नेपाल आमाको सेवा गर्ने भाव जागृत गराउने समेत विद्यार्थी परिषदको उद्देश्य रहेको महासचिव न्यौपनेले बताए ।
उक्त वर्गमा बाँके, बर्दिया, दाङ, सुर्खेत गरि चार क्षेत्रबाट विद्यार्थीहरु सहभागि भएका छन ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वार बिहिबार देखी सञ्चालित कार्णली प्रदेश अभ्यास वर्गमा प्राज्ञिक विद्यार्थी परिषदका कर्णाली प्रदेश अध्यक्ष श्री यामलाल भाट, प्रमुख अतिथि कोहलपुर नगरपालिका नगर प्रमुख श्री लुट बहादुर रावत, परिषदका राष्ट्रिय महासचिव श्री छिटराज न्यौपने, परिषदका राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकाल,परिषदका राष्ट्रिय सचिव श्री दिनेश कार्की, परिषदकी कर्णाली प्रदेश सचिव श्री जानकी आचार्य र साइनिङ स्टार स्कुलका प्रधानाध्यपक ओबेन्द« बहादुर खत्रीको उपस्थितिमा उद्धघटन गरी कार्यक्रम सञ्चालन गरिएको छ ।






