
५ कार्तिक,
बाँके । पछिल्लो २४ घण्टामा बाँकेमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै ७ जना डिस्चार्ज समेत भएका छन ।
भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याब गरी तिन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १११ नमुना परिक्षणमा बाँकेका ६ जनासहित ७ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन ।
यो क्रम संगै हालसम्म बाँकेमा १८ हजार ३ सय ६१ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ९ सय ८१ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३७ जनाको मृत्यु भएको छ ।





