५ कार्तिक,

बर्दिया । सम्मनिय प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियामा बाढीपहिरोबाट प्रभावित भएका क्षेत्रहरुको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणको लागि सुदूरपश्चिम प्रदेश गएका देउवाले आज शुक्रबार कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने र निरिक्षण गर्ने कार्यक्रम रहेको उनको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनका अनुसार, आज थप क्षेत्रको निरीक्षण गरी दिउँसो चार बजेपछि काठमाडौं फर्किने कार्यक्रम तय भएको स्वकीय सचिव देउवाले बताए ।

यस अघि प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर बाढी(पहिरो र डुबानको स्थलगत जानकारी लिएको छ ।

सोही क्रममा प्रधानमन्त्रीले साँझ कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रको हवाई निरीक्षणसमेत गरेका थिए।

बाढी पहिरो अनुगमन तथा निरिक्षणका टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन ।

प्रतिक्रिया

सम्बन्धित ख