४ कार्तिक,

बाँके । कोहलपुरका फरक फरक मुद्दामा फरार रहेका दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, सम्मानित बाँके जिल्ला अदालतबाट बाल यौन दुरुपयोग मुद्दामा ३ बर्ष कैद र ३ हजार जरिवाना तोकिए पछि फरर रहेका बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. १३ सिमरी बस्ने वर्ष ३७ को छबिलाल रासकोटीलाइ प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी लागू औषध मुद्दामा २ महिना ७ दिन कैद सजाय तोकिएपछि हालसम्म फरार रहेका कोहलपुर नगरपालिका वडा नं.१४ हवल्दारपुर बस्ने वर्ष ३२ को राज कुमार चिडिमारलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख