
४ कार्तिक,
प्युठान । प्युठानमा अरङ खोलाले बगाउदा एकको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन ।
खोलाले बगाउदा मृत्युहुनेमा, प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ४ की आपचौरमा बस्ने २२ वर्षिय देवीसरा कार्कीको मृत्यु भएको हो ।
प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ४ देखी वडा नं. २ तर्फ आउने क्रममा अरङ खोलामा आएको बाढीले बगाएको थियो ।
मृतक देवीसरा कार्की संगै रहेका उनका २ वर्षिय छोरा र माण्डवी गाउँपालिका वडा नं.२ की ९ वर्षिय अनुष्का अधिकारी बपेत्ता रही खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।





