
३ कार्तिक,
कैलाली । प्यारालाईसिस भएर हिंडडुल गर्न नसक्ने घरमा पानी पस्दा एक जनाको पानीमा डुबेर मृत्यु भएको छ ।
टिकापुर नगरपालीका वडा नं. ८ कर्मीडाँडामा कर्णाली नदि पानीको बाहव बढ्न गई रातिको समयमा गाउँमा पानी पस्दा घरमा समेत पानी पसि घरमा सुतिरहेको अवस्थामा बिगत ५÷६ बर्षदेखि प्यारालाईसिसको विरामी भई हिड्डुल समेत गर्न नसक्ने अवस्थामा रहेका कोकरबीरे ढोलीको घरभित्रै पानीमा डुबेर मृत्यु भएको हो ।
सोही घरको छोरा बुहारी सुरक्षित स्थानमा जान सफल भएका थिए ।





