
३ कार्तिक,
कैलाली । माछा मार्न गई बेपत्ता भएका ३ जनाको कैलाली प्रहरीले सकुशल उद्धार गरेको छ ।
कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नंं. ३ स्थित ढुङ्गे बजारमा बस्ने ६१ वर्षिय खडक बहादुर घर्ति मगर, सोही ठाउँको ३५ वर्षिय बिक्रम घर्ती मगर र २६ वर्षिय खडक डाला मगर सोमबार १ गते करिब ४ बजेको समयमा माछा मार्न भनि कर्णाली नदिमा गई सम्पर्क बिहिन भएका थिए ।
कर्णाली नदिमा आएको बाढीमा बेपत्ता भएको सुचनाको आधारमा कैलाली जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कैलाली जानकी गाउँपालिका वडा न. ९ र बर्दिया जिल्लाको बिचमा पर्ने कर्णाली नदिको लालमटिया टापुमा आज करिब १०ः५५ बजेको समयमा तिनै जनालाई सकुशल फेला पारी उद्धार गरेको प्रहरीले जनाएको छ ।





