२५ चैत्र,
बर्दिया — जिल्ला बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहनदेव मल्ल घुस लिएको आरोपमा पक्राउ परेका छन्।

बारबर्दिया नगरपालिका–७ स्थित विद्यालयको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

अख्तियारको बुटवल कार्यालय अन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मल्ललाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा इन्जिनियर मल्लले बारबर्दिया–रम्भापुरस्थित विद्यालय भवन निर्माणको अन्तिम बिल पास तथा नापजाँचका काममा सहजीकरण गरिदिने भन्दै उक्त रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर भएपछि उनीविरुद्ध १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा कैद सजाय मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख