बाँके, कोहलपुर :
नेपाल एपीएफ स्कूल कोहलपुर ले विभिन्न पदहरूमा नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले प्रधानाध्यापक तथा शिक्षक पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार, प्रधानाध्यापक पद का लागि उद्देश्य कथन (Purpose Statement), केस स्टडी तथा कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिइनेछ भने शिक्षक पद का लागि लिखित परीक्षा, कक्षा अवलोकन र अन्तर्वार्ता मार्फत छनोट गरिने व्यवस्था गरिएको छ।

परीक्षा केन्द्र नेपाल एपीएफ स्कूल कोहलपुरमै तोकिएको छ भने दरखास्त दस्तुर शिक्षक सेवा आयोगले तोकेको मापदण्ड अनुसार हुने जनाइएको छ।

योग्यता र मापदण्ड

प्रधानाध्यापक पदका लागि:
• मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण
• माध्यमिक तहमा कम्तीमा २० वर्ष अध्यापन अनुभव वा नेतृत्व तहमा अनुभव
• फौजदारी मुद्दामा सजाय नपाएको
• कुनै राजनीतिक दलको सदस्य नभएको
• उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको

शिक्षक पदका लागि:
• सम्बन्धित विषयमा स्नातक वा सो सरह उत्तीर्ण
• आधारभूत तहका लागि प्रविणता प्रमाणपत्र तह
• अध्यापन अनुमति पत्र अनिवार्य
• उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको

विद्यालयले योग्य, दक्ष र अनुभवी जनशक्ति मार्फत शैक्षिक गुणस्तर अझ सुदृढ गर्ने लक्ष्यसहित यो भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ।

इच्छुक उम्मेदवारहरूले समयमै दरखास्त पेश गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख