
१८ चैत्र,
बाँके । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-५ रझेना बस्ने २१ वर्षीय आशिष थारू, सोही नगरपालिका-६ बस्ने २७ वर्षीय सन्दिप थारू, २१ वर्षीय निरज थारू र १६ वर्षीय किशोर रहेका छन् ।
उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।









