२८ फागुन,

बाँके ।  कमल थापाले सम्भावित बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमत पुर्‍याउन सर्त अघि सारेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह नेतृत्वको नयाँ सरकारलाई संसदमा दुईतिहाइ बहुमतका लागि दुई सिट कम रहेको बताएका छन्।

उनले यदि सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार भए राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पाँच सांसदले पूर्ण सहयोग गर्ने स्पष्ट पारे।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतका लागि दुई सिट कम छ। यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राप्रपाका पाँच सांसदहरूको पूर्ण सहयोग रहनेछ।”

उनको यस प्रस्तावपछि सम्भावित नयाँ सरकार गठन र संविधान संशोधनको बहस फेरि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित ख