
२३ फागुन,
बाँके – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित भएका छन् ।
लामिछानेले ५४ हजार ४ सय २ मत ल्याएर विजयी भएका हुन् ।
उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गरिन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत ल्याएका छन् ।
लामिछानेले यसअघि २०७० र २०८० को उपचुनावमा यही क्षेत्रबाट चुनाव जितेका थिए ।










