
२३ फागुन,
बाँके । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार विजयी भएका छन्।
पछिल्लो नतिजा अनुसार सुनारले कुल २९,५५१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले १९,६१५ मत ल्याएका छन्।
नेपाली कांग्रेसका अमर सिंह पुनले १३,२१५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३,७७४ मतल्याएका छन्।
यो परिणाम निर्वाचन आयोगले औपचारिक रूपमा घोषणा गरेपछि मात्र पुष्टि हुनेछ।










