१२ फागुन,

बाँके । नेपाली कांग्रेस ले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्री भण्डारी (साम्बा) को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सामाजिक सञ्जाल एक्समार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ लाई फोन गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट पाँच लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको बताएका छन्।

शर्माले लेखेका छन्, “एन्फा अध्यक्षलाई फोनमार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु। देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ लाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ। उहाँलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि सहयोगको अपिल गरेकी थिइन्। उनको उक्त आग्रहपछि विभिन्न क्षेत्रबाट सहयोगका हात अगाडि बढ्न थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख