
१२ फागुन,
बाँके — इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजान महिना, हिन्दु समुदायले मनाउने आसन्न फागु पूर्णिमा (होली पर्व) तथा फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
आइतबार बसेको बैठक पहिलो चरणमा जिल्लामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न लामो समयदेखि योगदान पुर्याउँदै आएका हिन्दु, इस्लाम, बौद्ध लगायतका धर्मगुरुहरुसँग र दोस्रो चरणमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको हो।
बैठकले सामाजिक सद्भाव, आपसी भाईचारा र धार्मिक सहिष्णुता कायम राख्दै चाडपर्वलाई मर्यादित तथा व्यवस्थित रूपमा मनाउन र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आह्वान गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरूङले आम बाँकेवासी आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइमा चाडपर्वलाई मर्यादित र व्यवस्थित रूपमा मनाई समाजमा आपसी सद्भावको जग बलियो बनाउन तथा निर्वाचन सफल बनाउन सहयोग गर्न हार्दिक अनुरोध गरेका छन्।
यस्तो छ ७ बुंदे निर्णय-













