११ फागुन,

बाँके निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न निर्देशन दिएको छ। आयोगको निर्णयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले बजार तथा टोल–टोलमा घण्टी बजाउँदै प्रचार गर्न नपाउने भएका छन्।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रास्वपाले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा उजुरी दिएको थियो। साथै, धार्मिक स्थलमा प्रयोग हुने घण्टीको दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा आलोचना बढेपछि आयोगले स्पष्ट निर्णय सार्वजनिक गरेको हो।

आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएका निर्वाचन चिह्न प्रयोग गरेर प्रचार गर्न सक्नेछन्। तर काठ वा धातुबाट बनाइएका चिह्न बोक्दै वा बजाउँदै प्रचार गर्न भने पाइने छैन।

प्रतिक्रिया

सम्बन्धित ख