
१० फागुन,
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागीताका लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो ।
‘हामीले फागुन २१,२२ र २३ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेका छौ । स्वीकृत गर्ने नगर्ने सरकारको कुरा हो’, भण्डारीको भनाइ छ ।
यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ । फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २२ र २३ गते शनिवार र अन्तर्राष्ट्रिय नारी दिवस पर्ने भएकाले लगातार सात दिन बिदा हुने भएको हो ।












