
सुर्खेत। डिभिजन वन कार्यालय सुर्खेतले सामुदायिक वन उपभोक्ता समितिहरूलाई आवश्यक कागजातसहित प्रायोजनका लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको छ। प्रदेश वन निर्देशनालय मातहतको कार्यालयले असोज २९ गते जारी गरेको सूचनामा चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअनुसार समुदायस्तरमा संचालन हुने विभिन्न वन–सम्बन्धी कार्यहरूका लागि प्रस्ताव माग गरिएको उल्लेख छ।
कार्यालयका अनुसार सामुदायिक वनमा पैदावार उत्पादन तथा बिक्री–वितरण, वन व्यवस्थापन, वन संरक्षण तथा उपभोक्ता समूह सुदृढीकरण लगायतका कार्यक्रमका लागि योग्य सामुदायिक वन उपभोक्ता समितिहरूबाट प्रस्ताव माग गरिएको हो। प्रस्ताव पेश गर्ने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र राखिएको छ।
सिलबन्दी प्रस्तावमा अनुदानग्राहीले पेश गर्नुपर्ने कागजात
१. आवेदन पत्र, (कार्यालयबाट उपलब्ध गराईने अनुसुची २ बमोजिमको ढाँचामा)
२. सामुदायिक वन उपभोक्ता समुहको दर्ता प्रमाण पत्र
३. सामुदायिक वन उपभोक्ता समुहको बार्षिक लेखापरिक्षण प्रतिवेदन र सा व मा गरेका कृयाकलापको बार्षिक प्रतिवेदन ।
४. स्थायी लेखा नम्बर (PAN)
५. आ.व. २०८१/०८२ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
६. जिम्वेवार पदाधिकारी/प्रतिनिधिको नागरिकताको प्रतिलिपि ।
७. संक्षिप्त व्यवसायिक कार्ययोजना (प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै),
८. अनुदानग्राहीले एउटै कामको लागी संघ, प्रदेश, स्थानीय तह वा अन्य कार्यालयहरुबाट दोहोरो सुविधा नलिएको व्यहोरा खुल्ने गरी सम्बन्धीत वडा पालिका र नगरपालिका/गाउँपालिकाको सिफारीस पत्र,
९. कार्यक्रम संचालन हुने जग्गाको नापी नक्सा, जग्गाधनी प्रमाण पत्र लगायत जग्गाको स्वामित्व स्थापित हुने कागजात,
१०. समुहको निर्णय प्रतिलिपि ।
• कार्ययोजना तथा बजेट विनियोजन विवरण
लगायतका कागजातहरू समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी छनोट भएका समितिहरूलाई कार्यक्रम संचालनका लागि बजेट तथा प्राविधिक सहयोग उपलब्ध गराइने पनि जानकारी दिएको छ।












