
१ माघ,
बाँके : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् ।
सभापतिमा उनको नाम मात्रै परेकाले विशेष महाविधेशनबाट उनी निर्वाचित भएको घोषणा गरिएको हो।
त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका हुन्।
त्यस्तै सहमहामन्त्रीमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ता कुमारी यादव , प्रकाश रसाइली, डिला संग्रौला पन्त, बहादुर सिंह लामा, उदयशमशेर राणा, योगन्द्र चौधरी र कर्ण बहादुर बूढालाई चयन गरिएको छ ।












