२९ पुस,

बाँके । लामो समयसम्म उपचारमा रही पूर्ण स्वास्थ्य लाभ गरेका कैलाली जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष तथा डल्फिन ग्रुप कम्पनीका सञ्चालक सूर्यबहादुर थापाले नेकपा एमालेका पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शिष्टाचार भेटघाट गर्नुभएको छ।

भेटका क्रममा थापाले आफ्नो निर्वाचन क्षेत्रको वर्तमान राजनीतिक अवस्था, जनचासोका विषयहरू तथा समग्र क्षेत्रीय विकासका सम्भावना र चुनौतीबारे विस्तृत छलफल गर्नुभएको थियो। अध्यक्ष ओलीसँगको भेटमा स्थानीय स्तरको विकासलाई प्रभावकारी रूपमा अघि बढाउने उपाय, समन्वय र भावी रणनीतिबारे पनि विचार–विमर्श भएको बताइएको छ।

उक्त भेटघाटलाई राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख