२३ पुस,

बाँके । नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ ।

कोशी प्रदेशमा सुनिलबहादुर थापा, मधेश प्रदेशमा धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशमा गीता देवकोटा, गण्डकी प्रदेशमा जगत तिम्लिसिना, लुम्बिनी प्रदेशमा वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशमा ललितजंग शाही र सुदूरपश्चिम प्रदेशमा खम्मबहादुर खातीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभा १८ सदस्यका लागि आगामी ११ माघमा चुनाव हुँदै छ । सो चुनावमा कांग्रेसले नेकपा (एमाले)सँग गठबन्धन गर्ने निर्णय गरेको छ । सो गठबन्धन आफ्नो भागमा परेका ९ ठाउँमा उम्मेदवार टुङ्ग्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख