२३ पुस,

बाँके : नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको निर्णयअनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई उम्मेदवार बनाइएको हो।

राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार नेपाली कांग्रेस र एमालेले ७–७ सिट, नेकपा (माओवादी केन्द्र) ले ३ सिट र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ सिट लिने सहमति भएको छ। सोही सहमतिअनुसार एमालेले आफ्नो भागमा परेको ७ मध्ये ६ सिटका लागि उम्मेदवार टुङ्ग्याएको हो।

एमालेले आफ्नो भागमा पर्ने बाँकी एक सिटका लागि भने उम्मेदवार छनोट गर्न बाँकी रहेको जनाएको छ। उक्त सिट मधेश प्रदेशतर्फको भएको बताइएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। मनोनयनविरुद्ध उजुरी पुस २४ गते दिन सकिनेछ भने उम्मेदवारले पुस २७ गतेसम्म नाम फिर्ता लिन पाउनेछन्।

निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुने जनाएको छ। यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिएको थियो भने अन्तिम मतदाता नामावली मंगलबार सार्वजनिक गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख