२२ पुस,

बाँके – नेपालमा चुनावी माहोल बढ्दै जाँदा सानातिना कार्यक्रममा सहभागी हुने भ्रमण तालिका बनाएर नेपाली नेताहरु एकपछि अर्को दिल्ली जान थालेका छन्।

अघिल्लो हप्ता पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई चार दिने भ्रमण सकेर फर्किएका थिए। १२ बुँदे सहमतिमार्फत नेपालबाट राजतन्त्रको अन्त्य गर्न सफल मानिएको २०६२/६३ एक मुख्य नेता भट्टराई फर्केलगत्तै आइताबार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि भारत गएका छन्।

भारतको संयोजमा भएको १२ बुँदे सहमति र त्यसको जगमा भएको २०६२/६३ को आन्दोलनले नेपालमा राजतन्त्रको अन्त्यलाई भारतले आफ्नो उपलब्धिका रुपमा लिँदै आएको अवस्थामा त्यहीँ पक्षधर नेताहरू  पालैपालो दिल्ली पुगेका हुन्।

भ्रमणमा डा. भट्टराईले मुम्बईको प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थानले आयोजना गरेको महोत्सवमा भाग लिए।

त्यसपछि उनी नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा आयोजित दक्षिण एसियाली जनसहभागिता प्रमुख वक्ताका रूपमा सहभागी भएर फर्किएका थिए। दिल्लीमा रहँदा भट्टराईले नेपालमा राजतन्त्र फर्किने सम्भावना शून्य रहेको दाबी गर्दै भारतीय मिडियाहरुलाई अन्तर्वार्ता दिएका थिए।

त्यस्तै आइतबार दिल्ली पुगेका प्रचण्डले पनि पार्टी निकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा जाने देखावटी कार्यक्रम तय गरे पनि दाहालले दिल्ली रहँदा आइतबार र सोमबार (आज) दुई महत्वपूर्ण भेटघाट गरेका छन्। आइतबार राति उनलाई होटलमै भेट्न आएका थिए भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल। उनीहरूबीच करिब १ घन्टा एक्लाएक्लै कुराकानी भएको स्रोतले जानकारी दिएको छ।

दुई दिने भ्रमण सकेर दाहाल सोमबार नै नेपाल फर्किदैछन्।

दाहाल फर्किन नपाउँदै सोमबार दिउँसो कांग्रेस नेतृ एवं सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा पनि दिल्ली प्रस्थान गरेकी छिन्। राणाको व्यक्तिगत कार्यक्रम बाहिर बताइए पनि राजनीतिक भेटघाटको कार्यक्रम तय भएको बुझिएको छ।

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले पनि केही दिनभित्रै भारत जाने तयारीमा छन्। वाग्लेले नयाँ स्थापना भएको ‘नेट स्ट्राट’ नामक थिंक थ्यांक संस्थाले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको स्रोत बताउँछ। वाग्ले तिनै व्यक्ति हुन् जसले नेपाली सेनाको संख्या घटाउनुपर्ने अभिव्यक्ति संसदको राष्ट्रमबाटै दिएका दिए।

सम्भवत: एमालेबाट पनि छिट्टै माथिल्लो तहकै कुनै नेताले भारत भ्रमण गर्नेछन्।

नेपालमा १२ बुँदे पक्षधर र २०६२/६३ को आन्दोलन पक्षधरहरु असफल हुँदा परोक्ष रुपमा भारत पनि असफल हुँदै भएको विश्लेषण भारतीय राजनीतिक वृत्तमा हुन थालेको छ।

गत भदौमा भएको जेनजी आन्दोलनबारे भारत र चीन दुवैले अनविज्ञ भएका थिए। पछिल्ला दिनमा नेपालमा अमेरिका, चीन र भारतमध्ये भारतको प्रभाव कम हुँदै गएको छ। सीमावर्ती क्षेत्रमै पनि भारतको प्रभाव कमजोर रहेको विश्लेषण हुन थालेको छ।

विगतमा भारतको सम्बन्धमा रहेको राजतन्त्र अहिले नेपालमा छैन भने कांग्रेस पनि कमजोर अवस्थामा पुगेको छ। २०६२/६३ अघि आफैँले आतंककारी भनेर आन्दोलनपछि जनताको आवाज भनेको माओवादी पनि कमजोर हुँदा भारत नेपालमा बलियो सहकर्मीको खोजीमा रहेको बताइन्छ। यस्तो अवस्थामा आउँदो फागुनमा हुन गइरहेको प्रतिनिधिसभाको चुनाव अघि भारतले नेपालका प्रमुख दलहरुसँग दिल्लीमै पालैपालो भेटवार्ता गरिरहेको छ।

अर्कोतर्फ चीन पनि नेपालको पछिल्लो विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ। एक जानकारका अनुसार चिनियाँ पक्षले जेनजी आन्दोलनपछि राजसंस्थालाई पनि सडकको सरोकारवालाका रुपमा स्वीकार गरेको छ। – देशसंचार

प्रतिक्रिया

सम्बन्धित ख