
१९ पुस,
बाँके । नेकपा (एमाले) बाँके क्षेत्र नम्बर १ बाट पार्टी केन्द्रीय सदस्य सूर्य ढकालको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। शनिबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले सो निर्णय गरेको हो।
क्षेत्र नम्बर १ बाट निर्वाचित भई विघटित प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका ढकालको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरिएको क्षेत्रीय समन्वय कमिटीका संयोजक कुश्माखर बस्यालले जानकारी दिए ।
यता, क्षेत्र नम्बर २ र ३ बाट उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समन्वय कमिटीको बैठक जारी रहेको छ। क्षेत्र नम्बर २ अन्तर्गत नेपालगन्जमा भइरहेको बैठकमा जिल्ला अध्यक्ष निरक गुरुङसहित नेताहरू कृष्णप्रसाद श्रेष्ठ, मनोज बर्मा र अछरी पोख्रेलले उम्मेदवारी दाबी पेस गरेका छ।
त्यसैगरी, क्षेत्र नम्बर ३ अन्तर्गत बैजनाथ–बनकटुवामा जारी बैठकमा पूर्वमन्त्री दलबहादुर सुनार, किस्मत कक्षपति, पदम धिताल, लालबहादुर खत्री र करिम खानलगायतले उम्मेदवारीका लागि दाबी पेस गरेका छन ।
क्षेत्र नम्बर २ र ३ बाट उम्मेदवारको टुंगो बैठक सम्पन्न भएपछि सार्वजनिक गरिने बताइएको छ।












