१७ पुस,

काठमाडौं । ६५ लाख रुपैयाँभन्दा बढी नगद तथा गरगहना चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित स्ट्रोर्म नेटवर्क प्रा.लि. बाट रु. ४८,७२,६२० र इको भ्याली प्रा.लि. बाट रु. ८,५८,५४१ गरी जम्मा रु. ५७,३१,१६१ चोरी गरी फरार रहेका काठमाडौं महानगरपालिका–२, खुर्सानीटार निवासी २४ वर्षीय दुर्गा बहादुर के.सी. लाई प्रहरीले पक्राउ गरेको हो।

२०८२ पुस १२ गते राति चोरी गरी फरार भएका के.सी.लाई खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका के.सी.को साथबाट नगद रकम रु. ६५,१७,१४०, चाँदीजस्तो देखिने सेतो धातुका ब्रासलेट १५ थान, चाँदीजस्तै देखिने साना–ठूला सिक्का २८ थान, चाँदीजस्तो देखिने सेतो धातुको एक थान तथा Dell कम्पनीको ल्यापटप एक थान बरामद गरिएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख