८ पुस,

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाअन्तर्गत प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सोमवार साँझ बर्दियाको बढैयाताल गाउँपालिका–३ सिमरा स्थित सिमा नाकाबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्रीलाई शंका लागी चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा सोही ठाउको वड़ा नम्बर २ सतपतिया बस्ने २४ वर्षीय आदेश थारुले लुकाइछिपाइ राखेको अवस्थामा प्लास्टिकसहित ३४० मिलिग्राम तथा प्लास्टिक खोलेर शुद्ध तौल गर्दा २६० मिलिग्राम लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रंगको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

लागू औषधसहित फेला परेपछि आदेश थारुलाई रितपूर्वक नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख