१५ मंसिर,

बाँके – प्रभु बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा निरज लम्साल नियुक्त भएका छन्। आइतबार राति बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

आइतबार दिउँसो बैंकका सीईओ अशोक शेरचन र नायब सीईओ मणिराम पोखरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि लम्सालले नयाँ जिम्मेवारी पाएका हुन्।

बैंकका सूचना अधिकारी रविन्द्र ढकालका अनुसार वरिष्ठताको आधारमा लम्साललाई जिम्मेवारी तोकिएको हो। उनले अनुसन्धान प्रक्रिया চলिरहे पनि बैंकको सेवा प्रवाहमा कुनै असर नपर्ने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख