२८ कार्तिक,

बाँके । नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित मिलन कटेजको गेटअगाडि २०८२ कार्तिक ६ गते राति करिब ८ बजेतिर भएको आक्रमण प्रकरणमा सम्लग्न फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला जाजरकोट भेरी मालिका नगरपालिका–४ का ३० वर्षीय निर शाहीले फलामको रड तथा धारिलो हतियार प्रयोग गरी तीन जनालाई घाइते बनाई फरार भएका थिए।

उक्त घटनापछि उनीविरुद्ध बाँके जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको थियो। फरार रहेका शाहीलाई कार्तिक २४ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आरोपीलाई अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित ख