२८ कार्तिक,

बाँके – सामाजिक सञ्जालका विभिन्न असम्बन्धित समूहहरूमा नबस्न प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कडाइका साथ निर्देशन दिएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार कार्यभार सम्हालेलगत्तै आन्तरिक सर्कुलर जारी गर्दै प्रहरी कर्मचारीलाई यस्ता ग्रुप तथा पेजहरूमा नबस्न आदेश दिएका हुन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजीपी अबीनारायण काफ्लेका अनुसार यसअघि पनि प्रहरी प्रधान कार्यालयले पटक–पटक सोही विषयमा निर्देशन दिँदै आए पनि अहिले त्यो निर्देशनलाई अझ कडाइ गरिएको छ। उनले भने, “सूचना तथा जानकारीका लागि नेपाल प्रहरीकै आधिकारिक पेज, वेबसाइट र ग्रुपहरू पर्याप्त छन्। असम्बन्धित ग्रुपमा नजोडिन अहिले कडाइ गरेका छौं।”

हेडर्क्वाटरबाट जारी कडाइपछि प्रहरी कर्मचारीहरू सामाजिक सञ्जालका विभिन्न असम्बन्धित समूह तथा च्याटग्रुपहरूबाट बाहिर निस्कन थालिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख