
२६ बैशाख,
बाँके । नेपाल विद्युत प्राधिकारण कोहलपुर वितरण केन्द्रले शनिबार ( भोलि) साढे ४ घण्टा लाइन काटने भएको छ।
कोहलपुर वितरण केन्द्रका अनुसार, रांझा र औद्योगिक फिडरको हवल्दारपुरमा जम्पर छुटाइ शट डाउन गरी लाइन निर्माण गर्नुपर्ने भएकोले उक्त फिडरमा बिहान ७ बजे देखि ११ः३० बजे सम्म विधुत सप्लाइ बन्द गरिने भएको हो ।
सप्लाई बन्द हुने मुख्य स्थान औद्योगिक फिडरको सम्पूर्ण लाइन, राँझा फिडरको भिखारिपुर, पार्वतिपुर, उदारपुर तथा आवश्यक परेको बेला राँझाफिडरको सम्पूर्ण क्षेत्र रहेको कोहलपुर वितरण केन्द्रले जनाएको छ।
सुचनामा हेर्नुहोस !