
३० चैत्र,
बर्दिया । नेपाल विद्युत प्राधिकरण, गुलरिया वितरण केन्द्र, बर्दियाले भुरिगाउँ सबस्टेसन देखि गुलरिया सबस्टेसनसम्मको ३३ के.भी. विद्युत प्रसारण लाइनमा रुख तथा हाँगाहरू काट्ने कार्य हुन लागेकोले आज चैत ३० गते बिहान ६:३० बजे देखि दिउँसो १:०० बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
गुलरिया वितरण केन्द्रका अनुसार सो समयमा गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बाराबर्दिया नगरपालिकाका अधिकांश क्षेत्रहरू तथा बाँसगढी नगरपालिकाका केही स्थानहरूमा विद्युत आपूर्ति बन्द हुनेछ।
प्राधिकरणले तोकिएको समय भन्दा अगावै कार्य सम्पन्न भएमा विद्युत सेवा समयमै पुनः सञ्चालन गरिने जानकारी दिएको छ।