२९ चैत्र,

बाँके – काठमाडौँ जिल्ला अदालतले दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

भारतीय प्रहरी समक्ष आत्म समर्पण गरेपछि भद्रपुर हुँदै शुक्रबार काठमाडौँ ल्याइएका प्रसाईंमाथि चैत १५ गतेको घटनामा अनुसन्धान गर्न १२ दिन समय दिइएको हो।

प्रसाईंलाई राज्यविरुद्धको अपराध र ज्यान मार्ने उद्योगको अभियोगमा अनुसन्धान अघि बढाइएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंका अंरक्षकलाई पनि अनुसन्धानका लागि समय दिएको हो।

राजसंस्था पुनःस्थापनाका लागि चैत १५ गते तीनकुनेमा भएको घटनाका कमाण्ड प्रसाई तोकिएका थिए। उनले नेतृत्व गरेको भीड उत्तेजित हुँदा दुईजनाको मृत्यु भएको छ भने सवारी साधान, घर, पार्टी कार्यालय, सपिङ कम्प्लेक्समा लुटपाट भएको थियोे।

प्रतिक्रिया

सम्बन्धित ख