
२९ चैत्र,
बाँके । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगंजद्वारा आयोजित सात दिन आवसिया प्राथमिक शिक्षा वर्ग सम्पन्न भएको छ।
बाँकेको नेपालगंजस्थित पशुपति शिक्षा मन्दिरमा चैत्र २३ गते शनिबार देखि सुरु भएको वर्ग आज शुक्रबार सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथि अधिवक्त ग्रिवर प्रसाद अग्रवाल, विशिष्ट अतिथि हिन्दू स्वयंसेवक संघ नेपालका कर्णाली सम्भाग सह- संघ चालक राजेन्द्र कुमार यादव, अतिथि संघका भेरि विभाग संघचालक राम कुमार दिक्षित, अतिथि संघका कर्णाली सम्भाग कार्यवाहक भुपेन्द्र अधिकारी लगायत समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अधिवक्त ग्रिवर प्रसाद अग्रवालले संघले सात दिनको वर्ग भरीमा शारीरिक योग ब्याम संगै भेदभाब मुक्त र समानताको ज्ञान सिकायो यसले भोलीका दिनमा समाजमा मात्र नभएर ब्यक्तिगत जीवनमा पनि ठुलो योगदान पुर्यउने बताए ।
यस्तै अतिथि संघका कर्णाली सम्भाग कार्यवाहक भुपेन्द्र अधिकारीले सात दिनको प्राथमिक शिक्षा वर्गले एउटा घरको, समाजको,राष्ट्रको लागि आवश्यक पर्ने क्षमता भएको व्यक्ति निर्माण गरेको बताए ।
समापन कार्यक्रममा शिक्षार्थीहरूले सात दिनमा सिकेका योगब्याम, आसान, नियुद्ध, सामूहिक खेल प्रदर्शन गरेका थिए । कार्यक्रम पश्चात नगर परिक्रमा समेत गरिएको थियो ।