
९ माघ,
बाँके । नेपाल विद्यार्थी संघ (नेवि संघ) बाँकेले कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसको बिबिएस पहिलो सेमेस्टरमा कमिटी गठन सम्पन्न गरेको छ ।
बुधबार नेवि संघका युवा विद्यार्थी नेता राम कृष्ण थारुको सभाध्यक्षमा बिबिएस पहिलो सेमेस्टरमा विद्यार्थी नेता विकास कठायतको अध्यक्षतामा ५१ सदस्यिय कक्षा कमिटी गठन गरिएको हो।
नेवि संघ बाँके जिल्ला सदस्य मनोज वलिले सञ्चालन गरेको कार्यक्रममा जिल्ला अध्यक्ष उपेन्द्र विष्टले देशव्यापी रूपमा सदस्य वितरण तथा सुझाव संकलन अभियान भइरहेको बताए ।
नेपाल विद्यार्थी संघले देशको वर्तमान शैक्षिक स्थिति र समृद्ध राष्ट्रको लागि हुनुपर्ने शिक्षा नीतिमाथि सर्वेक्षण महाअभियान समेत गरेको अध्यक्ष विष्टले जानकारी दिए।
यस्तै नेवि संघका केन्द्रिय सदस्य युवराज विष्टले विद्यार्थीका हितका लागि सदैव तयार रही आवाज उठाउने प्रतिबद्धता गरे ।









