
१८ कात्तिक,
बाँके । निर्दोष नफसुन, दोषी नबचुन, सहकारी पीडितको पैसा फिर्ताका नाममा सङ्घर्ष समितिले गरेको बदमाशी र पूर्व गृहमन्त्री माननीय रवि लामिछानेलाई फसाउन मुख्यमन्त्री को ठुलो षड्यन्त्र भएको द डार्क फाइलका संयोजक राजकुमार तिमिल्सिनाले सामाजिक संजालमा लेखेका छन।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका पीडित भनेर रवि लामिछाने विरुद्ध उजुरी दिने व्यक्ति कृष्ण जी सी लगायत ६ जना ले एक वर्ष अगाडि नै जीवि राई को ललितपुर जिल्ला गोदावरी नगरपालिकामा रहेको जग्गा लिइसकेको उनले बताएका छन।
अहिलेका सूर्यदर्शन सहकारी बचतकर्ता पीडित सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले पनि १ करोडभन्दा माथिको रकममध्ये जम्मा २५ लाख रुपैयाँ लिन बाँकी र त्यसमा पनि एउटा गाडी सूर्य दर्शनको उनीहरुले नै नियन्त्रणमा राखेर जफत गरेको खुलसा राजकुमारले गरेका छन् ।
उनले भनेका छन् यो अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्रीले बसन्त शर्मा नाम गरेका डिएसपीलाई दबाब दिँदै किरण श्रेष्ठलाई सहकारी छानबिन समितिको कार्यालयमा जसरी पनि उपस्थित गराउनुपर्यो भन्दै पटकपटक धम्की दिएर संसदीय समिति सम्म पुऱ्याएछन्। यदि तैंले रवि लामिछानेलाई फसाउन बयान दिनस् भने तैले लगेको गाडीको बारेमा तलाई केस हाल्दिन्छु भनेर धम्क्याएछन् यसरी गरिएको षड्यन्त्र कति समय टिक्छ हो महोदयहरु?
यसको मैले भिडियो पाएको छु। तर म अहिले सम्बन्धित व्यक्ति र छानबिन गर्ने निकायलाई भन्दा बाहेक अरुलाई दिन नसक्ने र आफुसँग भएको करिब १२ मिनेटको भिडियो भएको बताएका छन् ।









