✍🏼 बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका शमशेरगञ्जमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ गण लाई राप्ती सोनारी गाउँपालिकाले एक कार्यक्रम राखी एम्बुलेन्स हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीलाई आज भे १ झ ३४१ नं को एमबुलेन्स हस्तान्तरण गर्नु भएको छ।

पूर्व पश्चिम राजमार्गमा हुने सडक दुर्घटना उद्धार, सर्पदंशको बिरामीको उद्धार लगायत भैपरी आउने दैविक प्रकोपको उद्धारमा सहयोग पुगोस् भन्ने उद्येश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको पालिका अध्यक्ष पौडेलले बाँके अपडेट मीडीयालाइ बताउनु भयको छ । यस पालिका निकुञ्जको मध्यवर्ती क्षेत्रसँग र राजमार्गसंग जोडिएको हुदा यहाँ धेरै सडक दुर्घटना र सर्पदंशका घटनाहरु हुने र यस्तो अवस्थामा यहाँका बिरामीलाई समयमै अस्पताल पुर्याउन सकियोस् भन्नका लागि सशस्त्र प्रहरी  बल नेपाल न ४२ गण लाइ एम्बुलेन्स हस्तान्तरण गरीयको र विपदका घटना देखि अन्य सामान्य दुर्घटनामा हुँदा समेत सशस्त्र प्रहरीको भूमिका सक्रिय हुने हुनाले सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणलाई एम्बुलेन्स हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । विपदका विभिन्न घटनाहरुबाट प्रभावित भई रहने पालिका भएको हुनाले राप्तीसोनारी गाउपालीका मा यस्ता घटनाहरुबाट यहाँका जनतालाई आवश्यकिय सहयोग पुर्याउन विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको पनि अध्यक्ष पौडेलले बताउनुभयो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले राजमार्गमा दैनिक जसो हुने सडक दुर्घटनाहरु भई रहने हुँदा यहाँबाट अस्पताल लैजानका लागि साधन श्रोतको अभाव भएको अवस्थामा पालिकाले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ गण लाइ  एम्बुलेन्स हस्तान्तरण गरेकोमा अर्थपुर्ण रहेको बताउनुभयो । ‘दुरीका हिसाबले पनि यो पालिका टाढा भएको हुनाले यहाँ हुने दुर्घटनाहरुमा परेका घाईते बिरामीलाई समयमै अस्पताल पुर्याउन गाह्रो हुने उहाँले बताउनु भयको छ आफ्नो पालिकाको अवस्थालाई मध्यनजर गर्दै आज एम्बुेलन्स हस्तान्तरण गरेर यहाँका जनताको स्वास्थ्य अवस्थासंग पालिका गम्भिर भएको अर्थपुर्ण मानिन्नछ ।’कार्यक्रममा प्रमुख अथितिका रुपमा उपस्थित हुनु भएका नेपालगञ्ज उपमहागनरपालिकाका प्रमुख प्रशान्त विष्टले सिमा सुरक्षामा होस् या जिल्लामा भईपरी आउने जुनसुकै विपदका घटना या दुर्घटनामा सशस्त्र प्रहरीले गर्ने भूमिका प्रभावकारी रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीलाई अझै थप जिम्मेवारी बनाउन राप्तिसोनारी गाउँपालिकाले हस्तान्तरण गरेको एम्बुलेन्सले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।सोही क्रममा सशस्त्र प्रहरीको कामलाई विश्वास गरेर थप जिम्मेवार बनाउन पालिकाले हस्तान्तरण गरेको एम्बुलेन्स प्रति सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणका गणपति क्षेत्रीले गाउँपालिकालाई धन्यबाद दिनुभएको थियो । उक्त कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना  वडा अदक्ष बीभीन्न मीडीयाका प्रत्रकार को पनि उपस्थिति रहेको थियो ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित ख