
नारायणगढ-मुग्लिन सडकको सिमलतालमा आज बिहान करिब ३:३० बजे तिर पहिरोमा परेर २ वटा यात्रुबहाक बसहरु बगेका छन्। घटनामा एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयले बताएको छ।
बस नम्बर १मा काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसमा ४१ जना यात्रु रहेकोमा ३ जना यात्रुले बसबाट हाम फालेर ज्यान बचाएका छन्। त्यसै गरी वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना यात्रु थिए।त्यसैगरी, सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ।गाडीबाट हाम फालेर ३ जना बचेको बुझिएको छ भने ४ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनास्थलको अवस्था हेर्दा दुर्घटनामा ठुलो क्षति हुनसक्ने जस्तो देखिएको छ।









