
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा चट्याङको कारण दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा राप्ती सोनारी हरिहरपुर बस्ने वर्ष ३४ कि सम्झना बि.क र सोही ठाउँ बस्ने वर्ष ३७ कि निमा उपाध्यायलाई चट्याङ लागि उपचारको लागि नेपाल मेडिकल कलेज कोहलपुरमा ल्याइएको उपचारको क्रममा दुवैजना मृत्यु भएको छ।
सोही ठाउँ बस्ने अर्की वर्ष ३० कि सलिना डिसी घाइते भएकी छन्। त्यसैगरी थप एक जना राप्ती सोनारी गाउँपालिका वडा न. २ बस्ने धनश्याम वलीको श्रीमती वर्ष ३२की विष्णु के.सी वली पनी धाइते भएकी छिन। मृत्यु हुनेको संख्या २ रहेको छ भने घाइते पनी २ जना भएका छन्।घाइतेको अहिले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरी ले बताएको छ।









