२५ असार,

भारत : भारतको जम्मु कश्मीरमा सैनिक गाडीमा भएको आक्रमणमा ५ सैन्य जवान मारिएका छन् । कठुआमा भएको आक्रमणमा थप अरु ५ जना घाइते भएका छन्।

भारतीय समाचार माध्यमका अनुसार सैन्य वाहनमा आतंकवादी समूहले पहिले बम प्रहार गरेर अन्धाधुन्ध गोली चलाएको थियो। जम्मु कश्मीरको कुलगाममा दुई दिनअघि भएको आक्रमणमा दुई सैनिकको मृत्यु भएको थियो।

उक्त आक्रमणका क्रममा आतंकवादी समूहका ६ जना मारिएका थिए। जम्मु कश्मिरका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता निरन्तर आक्रमणका घटना भइरहेका छन्।

आतंकवादी समूहले सेनाको गाडी लक्षित धराप थाप्ने र गोली चलाउने गरेको छ। यस्तो आक्रमणमा स्थानीयले समेत आतंकवादीलाई सहयोग गरेको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित ख