८ बैशाख,

बाँके — जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा बसपार्क व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपालगंजमा सञ्चालनमा रहेका अवैध बसपार्क र अव्यवस्थित पार्किङ हटाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगंज उप–महानगरपालिकाबीच समन्वय गरी वडा नं. १ अन्तर्गत वाटरपार्क, धम्बोझी, खजुरा रोड लगायत विभिन्न स्थानमा अवैध रूपमा सञ्चालन भइरहेका बसपार्क तथा पार्किङ हटाइएको हो।

अबदेखि सार्वजनिक यातायातका सवारी साधनहरू नेपालगंज उप–महानगरपालिका वडा नं. ४ मा रहेको बसपार्कबाट मात्र एकीकृत रूपमा छुट्ने र पार्किङ गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ।

यस कदमले शहरको ट्राफिक व्यवस्थापन सुधार हुनुका साथै सडक सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख