
बाँके,देशभरी नै सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब भन्दा बढी रुपैयाँ ठगी गरेर फरार रहेका गितेन्द्रबाबु राई (जिबी) राई सिंगापुरबाट पक्राउ परेका छन् । यसअघि मलेसियामा लुकेर बसेको भनिएका राई अहिले उनलाई सिंगापुरबाट पक्राउ गरिएको हो । स्रोतका अनुसार पक्राउ परेका राईलाई नेपाल ल्याउने तयारी गरिएको बुझिएको छ ।








