
१९ फागुन,
काठमाडौं : त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलामा नेदरल्याण्ड्सविरुद्ध को खेलमा नेपाल ६ विकेटले विजयी भएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सले दिएको १ सय २१ रनको साधारण लक्ष नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर
नेपाली बलरले नेदरल्याण्ड्सका ब्याटरलाई सुरुदेखि नै दबाबमा राखेका थिए। नेपालका लागि प्रतिस जिसिले ३, करण केसी र कुशल मल्लले २/२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए।
जितसँगै नेपालले सिरिजमा उत्कृष्ट पुनरागमन गरेको छ भने पहिलो खेलमा नेदरल्याण्ड्ससँग बेहोरेको हारको बदला पनि लिएको छ। नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो।
नामिबियाविरुद्ध पहिलो खेलमा २० रनको पराजय भोगेको नेपालले शुक्रबार ३ रनको जित निकालेको थियो।






