
३ फागुन,
✍ गोविन्द भण्डारी
बाँके। नेपालगंज मेडिकल कलेज कोहलपुर दसविगाह बाहिर रहेका केही फार्मेसीहरु तथा इमरजेन्सीका केही डाक्टरहरुले बिरामीहरु लाई यहाँ उपचार राम्रो हुदैन लखनऊ लगे राम्रो हुन्छ भन्दै विरामीहरुको तस्करी गराएर लखनऊका विभिन्न हस्पिटल बाट कमिसनको लाखौ रकम नेपाली विरामीहरुलाई ठगेर खाइरहेको स्रोतले बताएको छ।
क्रिसेन्ट,सामरा, इराम लगाएत भारतका विभिन्न हस्पिटलहरुमा विरामीहरु पठाउने गरेको स्रोतको दाबी रहेको छ ।विरामीहरु यहाँ बाट रिफर गरे बापत न्यूनतम रु १०,००० देखी ५०,००० हजार भारतिय रुपैयाँ सम्म लिने गरेको तथ्य बाँके अपडेट मिडियालाई प्राप्त भएको छ।
बाँके , बर्दिया,दाङ, प्युठान पश्चिम रुकुम र सुर्खेत लगाएत बिभिन्न ठाउँबाट आउने एम्बुलेन्स चालकहरुसंग मिलि बिरामीहरु लाई उधारो पैसामा उपचार गरीदीने भनी ललाइ फकाइ गरी आफ्नो परीपन्जा मा पारी सामान्य समस्या हुदाहुदै पनी बिरामीहरु लाई नेपालमा भन्दा भारतमा राम्रो उपचार हुन्छ भनि लखनऊका विभिन्न हस्पीटल मा आफ्नो सेटीङ्ग गरी लैजाने र पछी बिरामी पठाए बापतको कमिशन भारतको विभिन्न हस्पिटल बाट आफ्नो खातामा आएको कुरा तिनै फार्मेसीका केही संचालकहरुले आफैले पनी बताउदै आएको कुरा स्रोतले बाँके अपडेटलाई बताएको छ।
विरामी तस्कर गर्ने फार्मेसीमा कहाँ कहाँ बाट एम्बुलेन्स चालकहरुले कमिशनको चक्करमा बिरामी दिन्छन् भनेर निगरानी गर्ने क्रममा मिति २०८० / ९।९ गते साँझ ७ः ५२ मिनेट जाँदा रा १ झ १५५ न. को सरकारी एम्बुलेन्सले रुकुम आठबिस नगरपालिका वडा १० पश्चिम रुकुमका वर्ष ४३ का प्रेशरले हानेर आएका शाही थर गरेका विरामीलाई नेपालगंज मेडिकल कलेज कोहलपुरको उत्तर गेट नजिकै रहेको एक फार्मेसीलाई बुझाएर गएको बाँके अपडेटको निगरानी टिमले फेला पारेको थियो।
केही मेडिकल हलका संचालकहरुले भित्र हस्पिटल बाट विरामीहरु बाहिर फार्मेसी सम्म मान्छे ल्याउनको लागि केटाहरु परिचालन गरेर राख्ने गरेको बाँके अपडेटको टिमले फेला पारेको छ। उनीहरु हस्पिटलको गेट बाहिर लाइन नै लागेर बस्ने अनि भित्रबाट विरामीहरु पर्चा बोकेर बाहिर निस्कने वित्तिकै ललाई फकाई १५% /२०% छुट दिन्छौ भनि मेडिकल हल पुऱ्याएर लाग्ने रेट भन्दा बढी पैसा लिने त्यसमा छुट दिए जस्तो गरि विरामीहरु लाई ठगि गर्ने गरेको आरोप केही मेडिकल हरुलाई लाग्दै आएको छ। अनावश्यक रुपमा केहि मेडिकलहरुले मल्टिभिटामिन भिराउने गरेको तथ्य बाँके अपडेटलाई प्राप्त भएको छ।
दश विगाह तथा नेपालगंज नर्सिङ होममा विरामी लिएर आउने धेरै जसो एम्बुलेन्स चालकहरुले विरामी लिएर हस्पिटललाई दिएपनी औषधी किन्न बाहिर आफुहरुको कमिसन आउने फार्मेसीमा पठाउने गरेको स्रोतको दाबी छ।बाँके अपडेटले निगरानी गर्ने क्रममा बाहिर ढोकामा नास्ता पसलको बोर्ड राखी भित्र सर्जरीको सामानहरु बेच्दै आएको समेत फेला पारेको छ। नेपाल बाट भारत तर्फ जाने केहि एम्बुलेन्सहरुमा ब्लड(रगत) र भारतबाट फर्किएर नेपाल आउँदा लागु औषध ओसार पसार हुने गरेको समेत बाँके अपडेटलाई उच्च स्रोतले बताएको छ।
डिएसपी सुरेश काफ्लेको पालामा यस्ता फार्मेसीका केटाहरु लाई हस्पिटल क्षेत्र भित्र सोझा साझा विरामीहरुलाई आफ्नो फार्मेसीमा लिएर औषधी किनाउने काम बन्द भएको थियो। अहिले फेरी फार्मेसी संचालकहरुले हस्पिटल क्षेत्र भित्र आफ्ना केटाहरु पठाइ सोझा साझा विरामी हरुलाई ठगि गदै आएको कुरा बाँके अपडेटको टिमले फेला पारेको छ। विरामीका आफ्नाले आफ्नो इच्छा अनुसारको मेडिकलमा गई औषधी किन्न पाउनु पर्नेमा मेडिकल बाट खटिएका केटाहरुले अनावश्यक हैरानी समेत बाँके अपडेट लाई गुनासो गरेका छन्।
यस्ता गलत कार्यहरुको समाचार सम्प्रेषण गर्दा विभिन्न तह तप्का का नेताहरुको फोन धेरै आएर मानसिक यातना दिने काम भएको हुँदा बाँके अपडेट कसैको प्रलोभन नपरी यस्ता गलत कार्यहरुको सधै भण्डाफोर गर्ने छ।कोही कसैलाई फोन गरेर समाचार डिलिट गरि दिनु पर्यो बरु त्यसको सट्टामा के डिमाण्ड भनेर सोध्ने काम नगर्नु होला । जो जसलाई समस्या परेको छ उहाहरुले बाँके अपडेट बिरुद्ध कानुनी उपचारमा जान सक्नु हुनेछ। यस्ता गलत कार्यको औषधी व्यावस्था विभाग, औषधी व्यवसायी संग, आन्तरिक राजस्व कार्यालय बाँके, राजस्व अनुसन्धान कार्यलय कोहलपुर ,कोहलपुर नगरपालिका र अन्य सरोकार बाला निकायहरुले अहिले सम्म यसतर्फ ध्यान दिएको पाइएको छैन।









