१ भाद्र,
बाँके। कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयमा ६१ बर्षिया प्रेम कुमारी गिरी कक्षा ६ मा अध्ययनरत रहेकी छिन् । ६१ बर्षिया प्रेम कुमारी गिरीका कक्षामा वरिपरि साना बालबालिका सहपाठी छन् ।

उनीहरुकै बीचमा ६१ बर्षिया प्रेम कुमारी गिरी पनि ध्यान दिएर पढिरहेकी हुन्छन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । आफुलाई नआएको कुराहरु उनले आफ्ना सहपाठी संग सोध्ने र आफुलाई आएको कुरा आफ्ना सहपाठीहरुलाई सिकाउने काम गर्छिन्।

पढाइलाई उमेरले छेक्दैन भन्ने भनाई उनले सत्य सावित गरेकी छन् । विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन । बिद्यलायमा गएर पढ्ने रहर हुदा हुदै पनि उनले घरको काम छोराछोरीको हेरचाह र उनको पढाई पुरा गदैमा बित्यो । अहीले सबै छोरा छोरीको पढाई पुरा भएर पनि उनीहरु सबै आफ्नो आफ्नो ब्यबहारमा लागि सकेका कारणले गर्दा अहीले आफ्नो पढ्ने रहर लाई पुरा गर्नका लागि बिद्यालयमा भर्ना भएको उनी बताउछिन् ।

प्रेम कुमारी विद्यालय गएर नियमित रुपमा पढ्न पाउदा निकै खुशि छिन् । पढ्ने इच्छा पहिल्यैदेखिको थियो त्यो इच्छा अहीले आएर भएपनि पुरा गर्न पाउदा आफुलाई निकै राम्रो लागेकी उनी बताउछिन् । ६ सन्तानकी आमा रहेकी प्रेम कुमारीका सबै छोराछोरी आफ्नो पढाई सकेर कोही ब्यापार ब्यबसायमा सक्रीय रहेका छन् भने उनको कान्छी छोरी उच्च शिक्षा अध्ययनका लागि हाल अस्ट्रेलियामा छिन् । साथै आफुलाई छोरा छोरी सबैले सहयोग गर्ने गरेको प्रेमा कुमारी गिरी बताउछिन् । उनलाई कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले हौसला स्वरूप विद्यालय मै पुगेर सम्मन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख