
सिड्नी ,अष्ट्रेलिया ।
अष्ट्रेलियाको विभिन्न सहरमा तिज बिशेष कार्यक्रम संचालन हुने भएको छ ।
अष्ट्रेलियामा नेपाली सामुदाय बढ्दो क्रममा देखिदै गर्दा नेपाली सस्कृतिक कार्यक्रम पनि तिब्र रुपमा अघि रहेको देखिन्छ । हिन्दु महिलाहरुको विशेष पर्बको रुपमा मनाइने हरितालिका तिजको अवसरमा यहि अगस्ट २५ तारेक देखि सेक्टेम्बर २० तारेक सम्म अस्ट्रेलियाको विभिन्न शहरमा उक्त कार्यक्रम संचालन गरिने आयोजकले बताएको छ ।
उक्त कार्यक्रमको आयोजक यात्री हाउस अफ इभेन्ट रहेको छ भने सो कार्यक्रममा कलाकारहरु प्रीती आले ,सिन्धु मल्ल ,रामजी खाड , शान्ती शाही र डिजे किरण प्रकाश पुन मगर (डिजे कृजन) को उपस्थित रहने बताइएको छ।
उक्त कार्यक्रममा हजारौं नेपालीको सहभागी रहने कुरा आयोजकले बताएको छ ।





